PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

धादिङमा माइक्रोबसको ठक्करबाट दुई जनाको मृत्यु, पाँच घाइते



रासस

धादिङमा माइक्रोबसको ठक्करबाट दुई जनाको मृत्यु, पाँच घाइते

धादिङः पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

भैरहवाबाट काठमाडौं गइरहेको लु १ ज २६७४ नम्बरको माइक्रोबसको ठक्करबाट थाक्रे गाउँपालिका—२ की ३० वर्षीया बन्दना परियारको मृत्यु भएको छ भने अर्का मृतकको भने सनाखत हुन सकेको छैन।

माइक्रोबसको ठक्करबाट घाइते भएका सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ।

पैदलयात्रुलाई ठक्कर दिएपछि माइक्रोबस सडकमा पल्टिएको थियो। घटनापछि स्थानीयले माइक्रोबसमा आगजनी गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell