PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

चीनद्वारा नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई



रासस

चीनद्वारा नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चीनले बधाई दिएको छ। 

नेपालका लागि चिनियाँ राजदूत यु होङ  मंगलबार साँझ देउवा निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा उनलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गर्नुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। 

सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गरिन्। 

जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell