PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

झापाको कन्काई नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार तय



पहिलोपोस्ट

झापाको कन्काई नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार तय

सुरुङ्गा: नेकपा माओवादी केन्द्र कन्काई नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख तथा उपप्रमुखसहित सबै वडाका लागि उम्मेदवारी घोषणा गरेको छ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्ले ‘समर’को प्रमुख आतिथ्यमा पार्टीका जिल्ला संयोजक मणिकुमार साम्पाङ ‘विजय’ले मंगलबार नगरपालिकाका प्रमुख तथा उपप्रमुख र नौवटै वडाका उम्मेदवारको नाम घोषणा गरे।

नगरपालिकाको प्रमुख पदमा गोपाल चुडाल तथा उपप्रमुखमा शान्ता अधिकारीको नाम सार्वजनिक गरिएको छ। वडाध्यक्षमा वडा नम्बर १ मा हरिबहादुर राउत, २ मा गम्भीरबहादुर राई कुमार, ३ मा भक्ति पाठक, ४ मा गोविन्द चापागार्इं, ५ मा प्रेम ओली, ६ मा दीर्घबहादुर थापा, ७ मा चन्द्रमान कन्दङ्वा, ८ मा तुलसीराम कालीकोटे र  वडा नम्बर ९ को वडाध्यक्षमा अजित कायस्थको नाम सार्वजनिक गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell