
कुवेत: कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाह कतारसँग ६ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडेपछि सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गरेका छन्।
कतारले आतङ्कवादलाई सघाएको आरोपमा साउदी अरब, बहराइनलगायतका ६ खाडी मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सङ्कट समाधानमा पहल गर्न अमिर शेख त्यसतर्फ गएको कतारी सांसदहरुले जनाएका छन्।
'अमिर आजै साउदी अरबका लागि छुट्नुभएको छ” कतारका सांसद् अलि अल देकवासीले कतारको संसदीय बैठकमा भने “हामी प्रार्थना गरौँ भगवानले उहाँको भ्रमणको उद्देश्य पूरा गर्नुहुनेछ र अरब राष्ट्रबीचको एकतालाई सफल पार्नुहुनेछ।'
'कुवती तथा खाडी मुलुकका जनताको समर्थन अरब मुलुकबीच देखिएको वैचारिक भिन्नता अन्त्य गर्न अमिरले गर्ने पहलप्रति रहनेछ' सांसद् जमान अल हर्षबासले भने। रासस/एएफपी