PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

७० किलो चरेससहित धादिङमा दुई जना पक्राउ



रासस

७० किलो चरेससहित धादिङमा दुई जना पक्राउ

धादिङः धादिङको गजुरीबाट प्रहरीले ७० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ। 

गजुरीबाट नारायणगढ गइरहेको ना ६ ख १३७ नम्बरको ट्रकबाट प्रहरीले चरेश बरामद गरेको हो।

पृथ्वीराजमार्गको बेनिघाट बजारमा रोकेर खानतलासी गर्दा ट्रकमा चरेश फेला परेको थियो।

प्रहरीले ट्रक चालक कृष्णबहादुर राई र सहचालक आयुष लामालाई पक्राउ गरेको छ। 

चालक कृष्णबहादुर यसअघि पनि लागूऔषध ओसारपसार मुद्दामा दुई वर्ष कैद भुक्तान गरी  गत महिना मात्रै रिहा भएका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell