PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

चट्याङले बैतडीमा सात वटा ट्रान्सफर्मरमा क्षति, विद्युत् सेवा अवरुद्ध



रासस

चट्याङले बैतडीमा सात वटा ट्रान्सफर्मरमा क्षति, विद्युत् सेवा अवरुद्ध

बैतडीः चट्याङले बैतडीका विभिन्न ठाउँका सात वटा ट्रान्सफर्मरमा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध भएको छ । 

सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले बैतडीका देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात वटा ट्रान्सफर्मरमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिए।

त्यस्तै, चट्याङले अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अनारखोली ११ केभी लाइनको विभिन्न ठाउँमा विद्युत् तारसमेत चुँडिएको उनले बताए। 

चट्याङले जिल्लाका अन्य ठाउँमा पनि ट्रान्सफर्मरमा क्षति गरेको तथा तार चुँडिएर विद्युत् सेवा अवरुद्घ भएको खबर आएकाले क्षतिको विवरण सङ्कलन भइरहेको प्राधिकरणको बैतडी वितरण केन्द्रले जनाएको छ।

क्षति पुर्याएको लाइनको खोजी गरी मर्मत कार्य भइरहेको केन्द्रले जनाएको छ। 

विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चार सम्पर्कविहीन भएका छन्। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell