PahiloPost

Jun 16, 2025 | २ असार २०८२

मन्त्री छान्न कांग्रेस र माओवादी बैठकमा, यी हुन् सम्भावित मन्त्री



पहिलोपोस्ट

मन्त्री छान्न कांग्रेस र माओवादी बैठकमा, यी हुन् सम्भावित मन्त्री

काठमाडौँ : नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज शपथ लिँदैछन्। उनीसँगै केही मन्त्रीहरुलाई पनि शपथ खुवाउने तयारी देउवाले गरेका छन्। तर, को-को मन्त्री बनाउने भन्ने टुङ्गो उनले लगाउन सकेका छैनन्। देउवा पार्टी सभापति तथा संसदीय दलका नेता समेत हुन्।

धेरै सांसदहरुले सरकारमा जाने आकांक्षा देखाएका कारण देउवा दबाबमा छन्। मन्त्री टुङ्गो लगाउने विषयमा देउवा अहिले विमलेन्द्र निधिसहितका 'किचन क्याविनेट' सदस्यसँग छलफलमा छन्। देउवाले महेश आचार्यलाई अर्थमन्त्री बनाउने चर्चा चलेको छ। त्यस्तै ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि उनले मन्त्रिपरिषदमा समेट्ने तयारी गरेका छन्। कार्की देउवाका निकट हुन्। 

माओवादी केन्द्रको पनि मन्त्री छान्ने विषयमा अहिले हेडक्वार्टर बैठक बसिरहेको छ। प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा आजै केही मन्त्री टुङ्गो लगाउने तयारी छ।

स्रोतका अनुसार गिरिराजमणि पोखरेल र हरिबोल गजुरेल मन्त्री बन्दैछन्। उनीहरुलाई तत्काल विना विभागीयको रुपमा राख्ने र कांग्रेससँग छलफलपछि मन्त्रालय जिम्मा दिने तयारी छ। माओवादीका तर्फबाट सरकारको नेतृत्व भने कृष्णबहादुर महराले गर्ने सम्भावना छ। उनले उपप्रधानसहित परराष्ट्र वा गृह मन्त्रालय लिने सम्भावना छ। जनार्दन शर्मा पनि दोहोरिने चर्चा छ। तर, उनले उर्जा जान चाहिरहेका छैनन्। उनी गृहमन्त्री बन्ने योजनामा छन्।

फोरम लोकतान्त्रिकबाट भने विजयकुमार गच्छदार नेतृत्वमा सरकारमा जाने तयारी छ। गच्छदार अहिले उपप्रधानमन्त्री छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell