PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

देउवासँगै गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सपथ लिँदै



रमेश वाग्ले

 देउवासँगै गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सपथ लिँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँगै कांग्रेसबाट दुई जना मन्त्रीले सपथ लिने भएका छन्।

देउवासँगै गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्। उनले रक्षा मन्त्रालय सम्हाल्नेछन्। त्यस्तै देउवा निकट रहेका ज्ञानेन्द्रबहादुर कार्की पनि मन्त्री बन्ने भएका छन्। उनले आजै सपथ लिनेछन्। उनलाई भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाउने तयारी कांग्रेसको छ। तर अरु मन्त्रालयको टुङ्गो लाग्न बाँकी छ।

देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने निर्णय गरेको हो। देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी बनाउँदा गोपालमान उपसभापति रहेका थिए।

कांग्रेसबाट महेश आचार्यको नाम पनि मन्त्रीको रुपमा चर्चामा छ। तर टुङ्गो भने लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell