PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

महरा, शर्मा र साह माओवादीबाट देउवा क्याविनेटमा जाँदै



पहिलोपोस्ट

महरा, शर्मा र साह माओवादीबाट देउवा क्याविनेटमा जाँदै

काठमाडौं : सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि तीन मन्त्रीको टुङ्गो लगाएको छ। माओवादी केन्द्रले आज प्रधानमन्त्रीमा सपथ लिँदै गरेका शेरबहादुर देउवासँगै आफ्नातर्फबाट कृष्णबहादुर महरा, जनर्दन शर्मा र प्रभु साहलाई मन्त्रिपरिषदमा पठाउन लागेको हो।

माओवादी केन्द्रबाट कृष्णबहादुर महराले सरकारमा निरन्तरता पाउन लागेका हुन्। प्रचण्ड सरकारमा उपप्रधान तथा अर्थमन्त्री रहेका महरा देउवा क्याविनेटमा भने उपप्रधान सहित परराष्ट्र मन्त्रालय सम्हाल्नेगरी जाँदैछन्। माओवादीकै जनार्दन शर्माले पनि मन्त्री पदमा निरन्तरता पाउँदैछन्। उर्जा मन्त्रीबाट नव गठित मन्त्रिपरिषदमा शर्माले गृह मन्त्रालय सम्हाल्नेगरी जाने तयारी भएको हो। माओवादीका मधेशी नेता प्रभु साह पनि मन्त्री हुँदैछन्। उनको मन्त्रालय कुन भन्ने निधो भइसकेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell