PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मणिपालमा सुत्केरी र शिशुको मृत्यु, आफन्त आन्दोलित



पहिलोपोस्ट

मणिपालमा सुत्केरी र शिशुको मृत्यु, आफन्त आन्दोलित

पोखराः पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकको लापर्वाहीले सुत्केरी र शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा धर्ना दिएका छन्।

चिकित्सकको लापर्वाहीले पोखरा नयाँ बजारकी शान्ता भण्डारी र नवजात शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा धर्ना दिएका हुन्।

उनीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कार्वाहीको माग गरेका छन्।

मंगलबार हिँडेर अस्पताल आएकी भण्डारीले सामान्य रुपमा शिशु जन्माएकोमा राति दुवैको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका हुन्।

अस्पतालले भने शिशु मृत जन्मेको र आमाको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell