PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कतारको पक्षमा सोसल मिडियामा लेख्नेलाई १५ वर्ष जेल र १ लाख ३६ हजार डलर जरिवाना



पहिलोपोस्ट

कतारको पक्षमा सोसल मिडियामा लेख्नेलाई १५ वर्ष जेल र १ लाख ३६ हजार डलर जरिवाना

संयुक्त अरब इमिरेट्स (युएइ)को महान्यायाधीवक्ता कार्यालयले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा कतारलाई साहनुभूति देखाए १५ वर्षसम्म जेल सजायँ र १ लाख ३६ हजार डलर जरिवाना हुने जनाएको छ

समाचार संस्था रोयटर्सका अनुसार कतारमाथि सहानुभूति जाहेर गरेमा साइबरक्राइम अन्तर्गत कारवाही हुने बताइएको छ। युएइले सामाजिक सञ्जालमा कतारको पक्षमा खुला रुपमा अभिव्यक्ति दिन रोक लगाएको गल्फन्युज र अल अरेविया च्यानलले जनाएका छन्।

वक्तव्यमार्फत् युएइका महान्यायाधीवक्ता हमद सैफ अल सहम्सीले कतारको पक्षमा अभिव्यक्ति दिनुलाई कानुनविपरित हुने बताए।

'सामाजिक सञ्जाल वा अन्य कुनै भिजुवल वा भर्वल माध्यमबाट कसैले कतारलाई समर्थन दिने गरी अभिव्यक्ति दियो अथवा युएइको अडानविरुद्ध कोही गयो भने, भने तत्काल र कडा कदम चालिने छ,' गल्फ न्युजले सहम्सीलाई उदृत गर्दै लेखेको छ। 

गल्फ मुलुकहरुले कुटनीतिक सम्बन्ध तोडेलगत्तै सामाजिक सञ्जालमा कतारका पक्षमा अभिव्यक्तिहरु आउन थालेपछि युएइले कठोर नीति अवलम्बन गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell