PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

भारतको नागाल्याण्डमा सुरक्षाकर्मी र सशस्त्र समूहबीच भिडन्त, ५ जनाको मृत्यु



रासस

भारतको नागाल्याण्डमा सुरक्षाकर्मी र सशस्त्र समूहबीच भिडन्त, ५ जनाको मृत्यु
फोटो श्रोतःhindustantimes.com

नयाँदिल्लीः भारतको उत्तरपश्चिमी राज्य नागाल्यान्डमा सुरक्षाकर्मी र हतियारधारी समूहबीच  भएको भिडन्तमा परी एक भारतीय सैनिकसहित पाँच जनाको मृत्यु भएको छ।

मारिनेमा तीन हतियारधारी र एक सर्वसाधारणसमेत रहेका प्रहरीले जनाएको छ।
 
भारतीय सुरक्षा निकायले मारिने हतियारधारी आतङ्ककारी भएको दाबी गरेको छ। तर, ती आतङ्ककारीहरु कुन समूह वा केसँग सम्बन्धित छन् भन्ने बारेमा भने केही खुलाएको छैन। 

सुरक्षा गस्तीमा रहेका सैनिकलाई हतियारधारी समूहले गोली हानेपछि भिडन्त भएको बताइएको छ। सुरक्षा निकायले अहिले त्यसक्षेत्रमा उनीहरुको खोजी सुरु गरेको छ। रासस /सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell