PahiloPost

Jun 16, 2025 | २ असार २०८२

प्रधानमन्त्रीसँगै तीन उप-प्रधानमन्त्री र ४ मन्त्रीले लिए सपथ



पहिलोपोस्ट

प्रधानमन्त्रीसँगै तीन उप-प्रधानमन्त्री र ४ मन्त्रीले लिए सपथ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित औपचारिक समारोह लगत्तै देउवा मन्त्रिपरिषदका अन्य सदस्यले पनि सपथ ग्रहण गरे।

देउवाको क्याबिनेटमा तीन उप प्रधानमन्त्रीले सपथ लिएका छन्। विजयकुमार गच्छदार उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास, कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्र र उपप्रधानसहित शिक्षा मन्त्रीका रुपमा गोपालमान श्रेष्ठले सपथ लिए।

ज्ञानेन्द्र कार्कीले अर्थमन्त्री, फरमुल्ला मन्सुरले श्रम तथा रोजगार, जनार्दन शर्माले गृह र प्रभु साहले विना विभागीय मन्त्रीका हैसियतमा सपथ लिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell