PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सपथ समारोहपछि शहीद पार्क, पार्टी अफिस हुँदै प्रधानमन्त्रीको कार्यालय जाँदै देउवा



पहिलोपोस्ट

सपथ समारोहपछि शहीद पार्क, पार्टी अफिस हुँदै प्रधानमन्त्रीको कार्यालय जाँदै देउवा

काठमाडौं : सपथ लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरमा रहेको शहीद पार्कमा जाँदैछन्। त्यहाँ शहीदका शालिकमा माल्यार्पण गरेपछि उनी पार्टी कार्यालय सानेपा जाने कार्यक्रम छ। सानेपामा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेपछिमात्रै उनी सिंहदरबार जाने छन्। सिंहदरबारमा पुगेर आजै उनले प्रधानमन्त्री कार्यालय सम्हाल्ने छन्।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री देउवाले राजनीतिक दलका नेता, कर्मचारी, कुटनीतिक नियोगका पदाधिकारीबाट बधाइ ग्रहण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell