PahiloPost

May 16, 2026 | २ जेठ २०८३

अपहरण मुद्दाका फरार दुई अभियुक्त पक्राउ



राधेश्याम पटेल

अपहरण मुद्दाका फरार दुई अभियुक्त पक्राउ

वीरगञ्जः पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ।

प्रहरीले अपहरण मुद्दाका फरार अभियुक्त पर्साको पोखरिया नगरपालिका ३ मुडलीका ४२ वर्षीय शिवशम्भु पण्डित र ६५ वर्षीय शिवराज साह तेलीलाई पक्राउ गरेको हो।

उनीहरुलाई आफनै घरबाट मंगलवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

पण्डित र तेली गतवर्ष पर्सा छिपहरमाई गाउँपालिका वडा नं ४ तुलसीबार्वा की ७ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएको घटनामा संलग्न रहेका प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell