PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

नयाँ सरकारलाई पूर्णसमर्थन वा पूर्ण विरोधको नीति रहँदैनः नेपाल



रासस

नयाँ सरकारलाई पूर्णसमर्थन वा पूर्ण विरोधको नीति रहँदैनः नेपाल

काठमाडौंः नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताएका छन्। 

प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवादमा नेता नेपालले सरकारको काम र नीतिका आधारमा एमालेले समर्थन र विरोधको नीति लिने बताए। 

उनले तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहितरुपमा सबै तहको निर्वाचन सम्पन्न गराउने बर्तमान सरकारको कार्यभार भएकाले त्यो पूरा गर्नुपर्ने बताए।

नेता नेपालले भने,‘देशभक्तिको भावनालाई केन्द्रमा राखेर सुशासन, विकास र समृद्धिका काममा सबैलाई समेटेर जान नवनिर्वाचित प्रधानमन्त्रीलाई मौका छ, त्यो उहाँले कसरी गर्नुहुन्छ, हेर्न बाँकी छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell