
काठमाडौं : रामेछाप रस्नालुकी २३ वर्षीया सञ्चिता तामाङको हत्याको अभियोगमा प्रहरीले दोलखा बैतेश्वरका प्रशान्त तामाङलाई पक्रेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दोलखा प्रहरीको सहयोगमा तामाङलाई समातेको हो।
कसरी र किन भयो हत्या ?
सञ्चिता र प्रशान्तको चिनजान भएको केही समय नहुँदै उनीहरु प्रेम सम्बन्धमा परे। काठमाडौंको गंगाहिटीमा बस्दै आएकी सञ्चिताको कोठा खर्चदेखि अन्य खर्चसमेत प्रशान्तले नै बेहोर्ने गरेका थिए। नजिकिँदै गएको प्रेम सम्बन्ध शारीरिक सम्बन्धमा समेत अगाडि बढिसकेको थियो।सञ्चिता प्रिग्नेन्ट भइन्। सञ्चिता र प्रशान्त आउँदो असारमा बिहे गर्ने तयारीमा पनि थिए। बिहे अगाडि नै पेटमा बच्चा भएपछि प्रशान्तले सञ्चितालाई गर्भ पतन गर्ने आग्रह गरे। पटक पटक प्रशान्तले गर्भ पतन गर्ने भने पनि सञ्चिता भने यसमा सहमत भइनन्।
उनीहरु बीच गर्भपत गर्ने विषयलाई लिएर ठूलै विवाद भयो। वैशाख ४ गते प्रशान्त सञ्चितको कोठमा पुगे। रातिको समयमा गर्भ पतनको विषयमा नै झगडा भयो। त्यो झगडाले यति ठूलो रुप लियो कि सञ्चितालाई बेडमा लडाई घाटी थिची हत्या गरे। सञ्चिताको लासलाई सिरकले छोपेर ढोका लगाइ प्रशान्त फरार भए।
कोठामा दुर्गन्ध फैलिन थालेपछि मात्र कोठा खोलियो चार दिनपछि। अनुसन्धानको लामो प्रक्रियापछि अन्तत: प्रशान्त पक्राउ परे।