
गुल्मीः दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि गुल्मीको रुरु गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुने भएको छ।
माओवादी केन्द्रले रुरु गाउँपालिका प्रमुखसहित दुईवटा वडा अध्यक्षमा र कांग्रेसले उपप्रमुखसहित चारवटा वडा अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ।
सहमतिअनुसार रुरु गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट यदु ज्ञवाली तथा उपप्रमुखमा कांग्रेसका देवेन्द्र मल्ललाई उम्मेदवार बनाइएको छ।
त्यस्तै, बङ्म्घा र बलेटक्सारको वडा अध्यक्षमा माओवादी केन्द्र तथा थानपती, रुरु, रिमुवा र ग्वादी गरी चारवटा वडा अध्यक्ष कांग्रेसलाई दिने सहमति भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि जिसीले जानकारी दिए।
एमालेले सो गाउँपालिका प्रमुखमा निलकण्ठ गौतम र उपप्रमुखमा लक्ष्मीदेवी पन्थलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह छन्। रासस