
तेह्रथुमः नेकपा एमालेले तेह्रथुमको आठराई गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ।
एमालेले अध्यक्षमा मानबहादुर लिम्बू र उपाध्यक्षमा रुपादेवी कन्दङ्वालाई उम्मेदवार बनाएको छ ।
वडा अध्यक्षमा आठराई गाउँपालिका–१, सक्रान्तिमा कमलध्वज माबोहाङ, वडा नं २, खाम्लालुङमा गजेन्द्र चोङवाङ, वडा नं ३, ह्वाकुमा भीष्मप्रसाद डाँगी, वडा नं ४, इवामा श्यामकुमार भट्टराई, वडा नं ५, छातेढुङ्गामा विष्णुप्रसाद ओली, वडा नं ६, चुहानडाँडामा उमेश कन्दङवा र वडा नं ७ थोक्लुङमा रोहित कन्दङवालाई उम्मेदवार बनाएको छ।
उम्मेदवारको टुङ्गो लागेका स्थानीय तहमा उम्मेदवारले भोट माग्दै घरदैलोसमेत थालेका छन्।रासस