PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

मा‌ओवादीले छानेका मन्त्रीमाथि बाबुरामको तारिफ



पहिलोपोस्ट

मा‌ओवादीले छानेका मन्त्रीमाथि बाबुरामको तारिफ

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा माओवादी केन्द्रले छानेका मन्त्रीहरुको प्रशंसा गरेका छन्।

केही समययता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका भट्टराईले यस पटक माओवादी केन्द्रले मन्त्रीहरु राम्रोसँग चयन गरेको भन्दै प्रशंसा गरेका हुन्। 

उनले ट्विट गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरु जनार्दन शर्मा र प्रभु साहलाई बधाई तथा शुभकामना दिएका हुन्। साथै नेपाली कांग्रेसका मन्त्रीहरुलाई पनि वधाई र शुभकामना दिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell