PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

लण्डन ब्रिज आक्रमणको आरोपमा थप एक जना पक्राउ



रासस

लण्डन ब्रिज आक्रमणको आरोपमा थप एक जना पक्राउ
फोटो श्रोतःhttp:metro.co.uk

लण्डनः बेलायतको प्रहरीले लण्डन ब्रिज आक्रमणको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ।
 
पूर्वी लण्डनको इल्फोर्ड उपनगरबाट ती व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ। 

गत शनिबार भएको आक्रमणको इस्लामिक स्टेट्ले जिम्मा लिएको थियो ।  आक्रमणको आरोपमा हालसम्म १२ जना पक्राउ परिसकेका छन्। 

लण्डनका दुई स्थानमा भएको आक्रमणमा सात जनाको मृत्यु हनुको साथै ४८ जना घाइते भएका थिए ।
 
लण्डन ब्रिजमा एउटा गाडीले पैदलयात्रीलाई ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले बार र रेष्टुरेन्टमा जथाभावी छुरा प्रहार गरेका थिए । 

बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतङ्ककारी आक्रमणको दुई हप्ता बित्न नपाउँदै लण्डन ब्रिज नजिक अर्को आतङ्ककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप नै भयभित भएको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell