PahiloPost

Jun 16, 2025 | २ असार २०८२

भरतपुर अस्पतालको सेवा विस्तार गुरुयोजना स्वीकृत



पहिलोपोस्ट

  • राजेन्द्र आचार्य
चितवनः सरकारले चितवनको भरतपुर अस्पतालको सेवा विस्तार गुरु योजना स्वीकृत गरेको छ।

जेठ  २२ गतेको मन्त्रीस्तरीय बैठकले अस्पताल निर्माणको गुरु योजना स्वीकृत गरेको हो। 

साँढे ६ अर्बको अनुमानित लागत रहने गरी गुरु योजना निर्माण गरिएको छ।

गुरु योजनामा अस्पतालको सेवा क्षेत्र, शैक्षिक र आवासीय क्षेत्र गरी तीन चरणमा विकास गरिने अस्पतालले जनाएको छ ।

गुरुयोजना अनुसार विकास गर्दा सेवामा सहज हुने भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताए।

गुरु योजनामा अस्पताललाई पाँच वर्षभित्र एक हजार शैयाको बनाइने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell