PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

गृहमन्त्रीको चेतावनी–सुरक्षा निकायमा अनावश्यक प्रचारवाजी गर्ने छुट कसैलाई छैन



रासस

गृहमन्त्रीको चेतावनी–सुरक्षा निकायमा अनावश्यक प्रचारवाजी गर्ने छुट कसैलाई छैन

काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताएका छन्। 

गृहमन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले सरकारको नीति र योजना कार्यान्वयनमा भेदभाव गर्ने र अनुशासन तोड्ने कार्यमा छुट नदिइने बताए। 

उनले सुरक्षा निकायको चेन अफ कमाण्डमा कडाइ गरिने तथा प्रचारबाजी गर्ने, वक्तव्य दिने, अनावश्यक अन्तर्वार्ता दिने जस्ता प्रवृत्तिको अन्त्य गरिने प्रष्ट पारे। 

मूल्याङ्कनको माध्यम परिवर्तन गरी जनता र सिपाहीबाट गरिएको मूल्याङ्कनलाई सही मूल्याङ्कन मानिने उनले जानकारी दिए। मन्त्रालय र यसअन्तर्गतका निकायको परिवर्तन र सुधारको सम्बन्धमा केही दिनमै योजना सार्वजनिक गरिने दृढता पनि उनले व्यक्त गरे। 

मन्त्री शर्माले पहिलो निर्णयको रुपमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न गृह मन्त्रालय, सुरक्षानिकाय र कर्मचारीलाई निर्देशन दिए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell