PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पटाका कारखानामा विस्फोट हुँदा भारतमा १२ जनाको मृत्यु



रासस

पटाका कारखानामा विस्फोट हुँदा भारतमा १२ जनाको मृत्यु

नयाँदिल्लीः भारतको एउटा पटाका कारखानामा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा १२ जना कामदारको मृत्यु भएको छ। 

बुधबार भएको आगलागीमा जलेर अरू केही घाइते भएका र घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

मध्य प्रदेशको बालाघाटमा रहेको कारखानामा घटना भएको बताइएको छ। 

आगलागी भएको झन्डै दुई घण्टापछि मात्रै आगो नियन्त्रण भएको थियो। विस्फोटनको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन नसकेको अधिकारीहरुले बताएका छन्। 

भारतमा कार्यस्थलमा यस्ता दुर्घटनाहरू धेरै नै हुने गरेका छन्।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell