PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

इरानको संसद भवन आक्रमणः कम्तीमा १२ को मृत्यु



रासस

इरानको संसद भवन आक्रमणः कम्तीमा १२ को मृत्यु
फोटो श्रोतःabc.net.au

तेहरानः इरानको संसद भवन र सर्वोच्च नेता आयातुल्लाह खोमेनीको प्रार्थनास्थलमा बुधबार आतंककारी आक्रमणबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ । 

आतङ्ककारी आक्रमणमा परी अन्य ३९ जना घाइते भएको इरानको आपत्कालीन प्रमुखलाई उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

हतियारधारी आक्रमणकारी संसद भवनभित्र छिरेर गोली प्रहार गरेको एक सांसदले जानकारी दिएका छन्। संसद बैठक सकिएपछि आक्रमण भएको थियो। 

राजधानी तेहरानबाट केही किलोमिटर दक्षिणमा रहेको खोमेनीको प्रार्थनास्थलमा पनि त्यही समयमा आक्रमण भएको अधिकारीहरूले बताएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell