PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भारतमा जुलाई १७ मा राष्ट्रपति निर्वाचन



पहिलोपोस्ट

भारतमा जुलाई १७ मा राष्ट्रपति निर्वाचन

नयाँदिल्ली: भारतमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुलाई १७ तारिखका दिन अर्थात् साउन २ गते निर्वाचन हुने भएको छ।

भारतको निर्वाचन आयोगले जुलाई १७ का दिन निर्वाचन गर्ने बुधबार घोषणा गरेको हो।

वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही जुलाई २४ तारिखका दिन सकिने भएकाले निर्वाचन घोषणा गरिएको आयोगले जनाएको छ। भारतमा राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त नसिम जैदिले जुन २८ तारिखका दिन उम्मेदवारी दर्ताका लागि अन्तिम मिति तोकिएको जानकारी दिए। त्यसैगरी जुलाई १ तारिखमा उम्मेदवारी फिर्ता गर्न पाइने निर्वाचन तालिका बनाइएको छ।

जुलाई १७ तारिखका दिन मतदान भएपछि मतगणना भने जुलाई २० तारिखका दिनदेखि मात्रै गर्ने आयोगको तयारी छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell