PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

झापामा नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ



रासस

झापामा नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

झापाः झापाको दमक नगरपालिकामा बुधबार साँझ एक बालिकाको हत्या भएको छ। 

दमक नगरपालिका–४ का हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको हत्या भएको हो।

कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले उनकै माइली दिदी १७ वर्षीया मञ्जु दाहालसहित चारजनालाई नियन्त्रणमा लिएको छ। बालिका दमकको हिमालय माविमा कक्षा २ मा अध्ययनरत थिइन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell