PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

मत बदर हुने चिन्तामा बैतडीका मतदाता



रासस

मत बदर हुने चिन्तामा बैतडीका मतदाता

बैतडीः करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा बैतडीका ग्रामीण क्षेत्रका मतदाता खुसी भएपनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा छन्। 

मतपत्र ठूलो भएको तथा मतदाता शिक्षाका लागि गाउँमा अहिलेसम्म कोही पनि नआएकाले मत बदर हुने हो कि भन्ने उनीहरुलाई चिन्ता लागेको हो।

डिलाशैनी–१ की जानकी रानाले भनिन्,‘मतदान गर्ने विषयमा आजसम्म सिकाउन कोही आएका छैनन् कसरी मतदान गर्ने थाहा नहुँदा अन्योल भएको छ।’

राजनीतिक दलका नेताहरु भोट मात्रै माग्न आउने तर, मतदान गर्ने तरिकाका बारेमा सिकाउन कोही पनि नआएको उनीहरुको गुनासो छ।

जिल्ला निर्वाचन कार्यालय बैतडीले जेठ ५ गतेदेखि गाउँगाउँमा मतदाता शिक्षा स्वयम्सेवक खटाइसकेको जनाएको छ। 

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले सबैको घरदैलोमा मतदाता शिक्षा स्वयम्सेवक एकैदिन पुग्न नसक्ने भएकाले विस्तारै सबैको घरदैलोमा पुग्ने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell