PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु



रासस

करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु

मोरङः मोरङको धनपालथान गाउँपालिका–४ हरकपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

करेन्ट लागेर बुधबार साँझ ५५ वर्षीय फुलचन साफीको मृत्यु भएको हो।

बेलुका आफ्नै घरको ट्युबेलमा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका साफीको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell