काठमाडौंः बिमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पोखराकी काली’को अहिले चितवनमा छायांकन भैरहेको छ ।
मायोज बारमा सँगै अभिनय गरेका निशा अधिकारी र गजित बिष्ट सात वर्षपछि फेरि चलचित्र ‘पोखराकी काली’ मार्फत एक साथ अभिनय गर्दैछन् ।
फुल कमेडी बेसमा निर्माण गरिएको चलचित्रमा निशा र गजितको अलावा सरोज खनाल, लय संग्रौला, सुवास गजुरेल, सुरबीर पण्डित, मनोज श्रेष्ठ, वीरेन डिसी, पुष्प आचार्य, गणेश गिरी सुशान्त श्रेष्ठ, प्रतिमा अधिकारी, प्रेम श्रेष्ठलगायतको अभिनय रहेको छ।
चलचित्रको छायांकन ४० दिनमा सकिने निर्देशक विमल पौडेलले जानकारी दिए।