PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

बेलायतमा आमनिर्वाचनको मतदान सुरु



रासस

बेलायतमा आमनिर्वाचनको मतदान सुरु
फोटो श्रोतः bbc.com

लण्डनः आमनिर्वाचनअन्तर्गत आज बेलायतमा मतदान भइरहेको छ। देशभरका ४० हजार मतदान केन्द्रहरु स्थानीय समय अनुसार बिहान सात बजेबाट खुलेका छन्।

मतदान शान्तिपूर्ण रुपमा जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्। आतंककारी आक्रमण हुनसक्ने भन्दै सुरक्षा व्यवस्थालाई भने निकै नै कडा पारिएको छ। 

निर्वाचनमा बेलायती प्रधानमन्त्री थेरेसा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनकाबीचमा प्रतिस्पर्धा हुने देखिएको छ। 

सुरुमा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी देखिएपनि पछिल्लो समयमा भने लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा पनि ठूलो जनमत देखिएको बताइन्छ। 

बेलायतमा पछिल्लो समय निरन्तर रुपमा भइरहेका आतङ्ककारी हमलाका कारण प्रधानमन्त्री मेको निकै आलोचना भएको छ। 

शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो। सोही कारणले गर्दा पनि पछिल्लो समय उनको घटेको छ ।
 
त्यसैले लेबर पार्टीका नेताको पक्षमा परिणाम जानसक्ने अवस्था देखिएको बताइएको छ। ६५० सांसद चुन्न चार करोड ६९ लाख मतदाता योग्य छन्।

मतदान राती १० बजेसम्म हुने र मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ। मध्यरातबाटै केही मतपरिणाम आउनेछन् भने अन्तिम परिणाम शुक्रबार दिउसोसम्म आउनेछ।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell