PahiloPost

Jun 16, 2025 | २ असार २०८२

क्रिस्टियानो रोनाल्डो सर्वाधिक पारिश्रमिक पाउने खेलाडी



पहिलोपोस्ट

क्रिस्टियानो रोनाल्डो सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो पटक सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनेका छन्।

फोर्ब्सले जारी गरेको सूचीमा रोनाल्डोको कूल कमाई ९३ मिलियन अमेरिकी डलर रहेको उल्लेख छ। गत वर्ष भन्दा उनको कमाई ५ मिलियनले बढेको हो।

यस्तै बास्केटबलका लेब्रोन जेम्स फुटबलका लियोनल मेसीलाई पछि पार्दै दोस्रोमा छन्। जेम्सको कूल कमाई ८६.२ मिलियन छ भने मेसीको ८० मिलियन रहेको छ।

टेनिस खेलाडी रोजर फेडेरर ६४ मिलियन आम्दानीका साथ चौथो स्थानमा यथावत बास्केटबलका केभिन डुरान्ट पाँचौमा छन्।

शीर्ष दशमा प्रवेश गर्ने बाँकी ५ खेलाडीमा अमेरिकी फुटबलका आन्द्रे लक, गल्फका रोरी म्याकलरी, बासक्टबलका स्टेफन करी, बास्केटबलका जेम्स हार्डेन र अटो रेसिङका लेविस ह्यामिल्टन छन्।

फोर्ब्सले जारी गरेको सर्वाधिक पारिश्रमिक पाउने सय खेलाडीको सूचीमा बास्केटबलका सर्वाधिक ३२ खेलाडी परेका छन् भने बेसबलका २२ खेलाडी अटाएका छन्। यस्तै अमेरिकी फुटबलबाट १५ तथा फुटबलबाट ९ खेलाडी परेका छन्।

यस्तै सूचीमा २१ देशका विभिन्न ११ खेलको खेलाडी समावेश छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell