PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

बुटवलमा पक्राउ परे नक्कली नोट छाप्ने युवक



रासस

बुटवलमा पक्राउ परे नक्कली नोट छाप्ने युवक

बुटवलः नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले बुटवलमा पक्राउ गरेको छ। प्रहरीले रुपन्देही कञ्चल गाउँपालिकाका २१ वर्षीय सन्तोष मल्ललाई  नक्कली नोट तयार गर्न प्रयोग गरेको मेसीनसहित पक्राउ गरेको हो।

प्रहरीले उनको कोठा र कार्यालयबाट नक्कली नोट बनाउन प्रयोग गरेको फ्रि इन्क प्रिन्टर, ल्यापटप र नक्कली नोटलगायतका सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए। 

प्रहरीका अनुसार मल्लले बैंकबाट आफूले चेक साटेर प्राप्त गरेको रकम आफूसँगै लगेको नक्कली नोटसँग साट्ने चलाखीपूर्ण काम गर्दै आएका थिए।

पछिल्लो पटक उनले प्रभु बैंक शाखा कार्यालय, बुटवलमा एक हजार दरका  सत्तरी थान नोट साटेको फेला परेको थियो।

प्रहरीले उनको कोठा र कार्यालयबाट एक हजार दरका ३५९ थान, पाँच सय दरका एक सय थान र एक सय दरका पाँच थान नोटसमेत बरामद गरेको छ ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell