PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

सवारी दुर्घटना कम गर्न भारतले ल्यायो ‘नो हेल्मेट नो पेट्रोल’ नीति



रासस

सवारी दुर्घटना कम गर्न भारतले ल्यायो ‘नो हेल्मेट नो पेट्रोल’ नीति
फोटो श्रोतःindiatoday.com

नयाँदिल्लीः भारतले सवारी दुर्घटना कम गर्न ‘नो हेल्मेट नो पेट्रोल’ अथवा हेल्मेट नलगाउने मोटर साइकललाई पेट्रोल नदिइने नीति ल्याइएको छ। 
सवारी दुर्घटना अन्त्य गर्ने उद्देश्यले भारतको उत्तरप्रदेश राज्यले यो नीति अख्तियार गरेको हो।
 
एक तथ्याङ्कअनुसार भारतमा हरेक दिन कम्तीमा चार सय जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ।
 
यस नीति अनुसार कुनै मोटरसाइकल चालक हेल्मेट नलगाई पेट्रोल पम्प गएमा उसले अब पेट्रोल पाउने छैन।
 
नीति कार्यान्वयनमा आएपछि सवारी दुर्घटना कम हुने अपेक्षा गरिएको छ।

प्रहरीको एक तथ्यांक अनुसार उत्तर प्रदेशमा सवारी दुर्घटनामा प्रत्येक वर्ष १७ हजार ६०० भन्दा बढीको मृत्यु हुने गरेको छ। 

त्यस्तै, तामिलनाडुमा १५ हजार र महाराष्ट्रमा १३ हजार रहेको छ भने कर्नाटकमा यो सङ्ख्या करिब ११ हजार रहेको छ।
 
उत्तर प्रदेशमा हुने गरेका यस्ता दुर्घटनामध्ये अधिकांश मोटरसाइकलबाट हुने गरेका छन्। सोही कारण पनि यस्तो नीति मोटरसाइकललाई लक्षित गरेर बनाइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell