PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

चुनाव प्रचारका क्रममा खोटाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एक घाइते



रासस

चुनाव प्रचारका क्रममा खोटाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एक घाइते

खोटाङः खोटाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एक जना कांग्रेस कार्यकर्ता घाइते भएका छन्।

चुनाव प्रचार प्रसारका क्रममा भएको झडपमा कांग्रेस कार्यकर्ता अर्जुन राउत घाइते भएका हुन्। बुधबार राती हलेसी तुवाचुङ नगरपालिकामा चुनाव प्रचारप्रसारका क्रममा एमाले कार्यकर्ताले आक्रमण गरेका कांग्रेसले आरोप लगाएको छ।

प्रहरीले आक्रमणमा संलग्न भएको आरोपमा धनकुमार भुजेललाई नियन्त्रणमा लिएको छ । आँखा र ढाडमा गहिरो चोट लागेका राउतलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयवासीको घरमा पार्टीको झन्डा राखेको विषयमा कांग्रेस र एमालेबीच विवाद भएको थियो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell