PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

बस दुर्घटनामा परी जिम्बाबेमा ४३ जनाको मृत्यु



रासस

बस दुर्घटनामा परी जिम्बाबेमा ४३ जनाको मृत्यु
फोटो श्रोतःzimnews.net

हरारेः जिम्बाबेमा बस दुर्घटनामा परी ४३ जनाको मृत्यु भएको छ।

जाम्बियातर्फ गइरहेको बस चालकले नियन्त्रण गुमाउदा दुर्घटना भएको बताइएको छ।

प्रहरी प्रवक्ता च्यारिटी चारम्बाले बस दुर्घटना हुनुको अरु त्यस्तो कुनै कारण नभइ चालकले नियन्त्रण गुमाउनु नै रहेको बताए।

सो क्षेत्रमा गतवर्ष पनि बस दुर्घटना भएको र त्यसमा परी कम्तीमा ३० जनाको मृत्यु भएको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell