PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

देउवा सरकारसँग नागरिकपिच्छे फरक अपेक्षा 



आकाश क्षेत्री

देउवा सरकारसँग नागरिकपिच्छे फरक अपेक्षा 

काठमाडौंः बागबजारका नरेश खड्गी सामान्य पसल चलाउँछन्। देशमा शेरबहादर देउवाको नेतृत्वमा नयाँ सरकार आएपनि उनी खासै उत्साहित छैनन्। 

नरेशले नयाँ सरकारसँग केही अपेक्षा लिएका छैनन्। उनी भन्छन, ‘मलार्इ नेताको भरोसा नै लाग्दैन। तर, मानिसको मन न हो नयाँ प्रधानमन्त्री आएपनि राम्रो काम गरिहाल्छन् कि भनेर आश त लागिहाल्छ।’ नरेशलार्इ नयाँ सरकारको भरोसा नभएपनि आशा भने मेटिएको छैन।’ 

नरेश अन्य नेपाली नागरिक जस्तै आशाको भावमा भन्छन्, ‘नेपालको सरकारमा ‘जुन जोगी आएपनि कानै चिरिएको’ जस्तो हुन्छ। तर कोही त काम गर्ने नेता आउला नि।’ अस्थीर सरकारका कारण नेपालको विकासमा अवरोध पुगेको छ। नेपालमा अहिलेसम्म जतिमात्रामा विकास हुनुपर्ने हो त्यति विकास नहुनुमा नरेश नेतालार्इ नै दोष दिन्छन्।  

नरेश नयाँ सरकारलार्इ दिनानुदिन विदेशिने युवालार्इ नेपालमै रोजगारीको अवसर मिलाउनुपर्ने, नेपालका अनेकौं राजनीतिक समस्या समाधान र स्थीर सरकार बनाउनु बनाउनुपर्ने सुझाव दिन्छन्। 

सिरहाका विजय राउत राजधानीमा पान पसल चलाउँछन्। उनलार्इ नयाँ सरकार आएपछि नयाँ उत्साह थपिएको छ। नयाँ सरकारसँग उनको अपेक्षा भनेको हिमाल पहाड र तरार्इमा सम्पू्र्ण नेपालीलार्इ एकजुट बनाउनु। 

विजय नयाँ सरकारलार्इ आमनागरिकले स्वतन्त्र भएर काम गर्ने वातावरण मिलार्इदिन अनुरोध गर्छन्। उनी भन्छन्, साना व्यवसायीको हितमा पनि सरकारले काम गर्नुपर्छ।’ 

राजधानीमा ट्याक्सी चलाउने गुल्मीका युवक खत्रीको सरकारसँग एउटै अपेक्षा छ–नयाँ सरकारले मिटरको भाडा अलिकति बढार्इदेओस्। 

ट्याक्सीलार्इ मिटरमा लाग्दा पेट्रोलको पैसा, ट्याक्सी साहुलार्इ तिर्ने पैसा छुट्याउँदा आफ्नो ज्याला पनि नपुग्ने हुँदा मिटरको भाडा अलिकति बढाउनुपर्ने उनले बताए। विदेशमा काम गरेर फर्किएका खत्री नयाँ सरकारले नेपालीलार्इ नेपालमै रोजगरीको अवसर मिलाउनु पर्ने सुझाव दिन्छन्। 

सर्लाहीकी सुनिता थापा बानेश्वरको नोवेल एकेडेमीकी कक्षा १२ की विद्यार्थी हुन्। उनलार्इ नयाँ सरकार आएसँगै नयाँ आशा पलाएको छ। 

सुनिता काठमाडौंलार्इ प्रदुषणमुक्त बनाउनु सरकारले अहम् भूमिका खेल्नुपर्ने बताउँछिन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell