PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

देउवालाई सिंहदरबारमै पुगेर अमेरिकी राजदूतको बधाई



रासस

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले भेट गरेकी छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा सहयोगको निरन्तरता र थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे। 

भेटमा राजदूत टेप्लिजले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेकी प्रधानमन्त्रीका सहयोगी भानु देउवाले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell