PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

चीनलाई बुढीगण्डकी जलबिद्युत आयोजना बनाउन दिएकोमा बाबुराम भट्टराईको विरोध



आकाश क्षेत्री

चीनलाई बुढीगण्डकी जलबिद्युत आयोजना बनाउन दिएकोमा बाबुराम भट्टराईको विरोध

काठमाडौं : प्रधानमन्त्री पदबाट राजीनामा दिनुभन्दा एकदिन अगाडि प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको गेजुवा ग्रुप अफ कम्पनीलाई दिएकोमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विरोध जनाएका छन्। 

वानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नेपालले नै निर्माण गर्नसक्ने बुढीगण्डकी जलविद्युत आयोजना गुपचुप चीनको कम्पनीलार्इ सुम्पिनु भनेको नेपाली जनतालार्इ अन्याय गरिनु हो।’

पत्रकार सम्मेलनमा उनले बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना भएको र आफ्नो प्रधानमन्त्री कालमै निर्माण गर्ने सपना देखेको बताउँदै उनले कमिसनको खेलमा विदेशी कम्पनीलार्इ दिएको बताए। 

उनले उक्त आयोजनालाई सम्पन्न गर्न २ खर्ब ६० अर्ब नेपाली रुपयाँ लाग्ने जनाउँदै नेपालकै स्रोत र साधनबाट निर्माण हुनसक्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell