
काठमाडौं : नेपाल आर्मी र फ्रेण्ड्स क्लब दोस्रो ललित स्मृति यू-१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिहिबार एन्फा कम्प्लेक्समा भएको क्वाटरफाइनलमा आर्मीले सरस्वती युथ क्लबलाई ५-० ले हरायो। यस्तै फ्रेण्ड्सले दुई गोलले पछि परेको स्थिती उल्टाँउदै सशस्त्र प्रहरी बलको एपीएफलाई ३-२ ले पराजित गर्यो।
एपीएफका कप्तान अजित वाइवा र प्रदीप रानाले गोल गर्दै एपीएफलाई पहिलो हाफमा अग्रता दिलाएका थिए। तर २ गोलले पछि परेको फ्रेण्ड्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो।
फेण्ड्सको जितमा आशिस केसी, दिक्षित थापा र निशान्त टि मगरले गोल गरे।
यता आर्मीको जितमा दिनेश योन्जन, गौरव गुरुङ र मिनस खड्काले गो गरे भने सरस्वतीले दुई आत्मघाती गोल उपहार दिएको थियो।