PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

पिएम कप : वर्षाले फाइनल रद्ध भएपछि आर्मी र पुलिस संयुक्त च्याम्पियन



पहिलोपोस्ट

पिएम कप : वर्षाले फाइनल रद्ध भएपछि आर्मी र पुलिस संयुक्त च्याम्पियन

काठमाठौं : वर्षाले फाइनल खेल रद्ध भएपछि प्रथम प्रधानमन्त्री (पिएम)कप क्रिकेटको उपाधि दुई विभागीय क्लब नेपाल आर्मी र नेपाल पुलिसले बाँडेका छन्।

बिहिबार कीर्तिपुरस्थित टियू मैदानमा आर्मीले जवाफी ब्याटिङ सुरु गरेको तेस्रो ओभरमै पानी पर्न सुरु भएपछि खेल रोकिएको थियो। त्यसपछि खेल पुर्ण रुपमा प्रभावित बन्यो र फेरी सुरु सकेन।

त्यसैले नेपाली क्रिकेटको इतिहासमै सर्वाधिक नगद पुरस्कार राशी रहेको पिएम कप वान डे क्रिकेटमा दुई टीम संयुक्त रुपमा च्याम्पियन बनेका हुन्। च्याम्पियनलाई नगद २० लाख र उपविजेतालाई १० लाख दिने भनिएको थियो। तर अब विजेता र उपविजेताको रकम दुवै टोलीले बाँडेर लिएका हुन्।

फाइनल खेलमा आर्मीले टस जितेर फिल्डिङ रोज्लै पुलिसलाई ब्याटिङको निम्तो दिएको थियो। कप्तान विनोद भण्डारी उक्त निर्णयलाई सही सावित गर्दै आर्मीका बलरले पुलिसको टिमलाई ४५.१ ओभरमा १२६ रनमै अलआउट गर्यो। तर बलरले जस्तै ब्याट्सम्यानले खेल्न नपाउँदा आर्मी सामान्य लक्ष्य पाएर पनि च्याम्पियन बन्नबाट बञ्चित रह्यो।

पुलिसका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ३२ तथा सिद्धान्त लोहनीले २० रन बनाए। पुलिसलाई कम स्कोरमा रोक्न आर्मीका जितेन्द्र मुखियाले ४, सुशन भारीले ३, सागर पुनले २ तथा सोमपाल कामीले १ विकेट लिए। १२८ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले २.३ ओभर बलिङ गर्दै १ विकेट गुमाएर ७ रन बनाउँदा पानी पर्न सुरु गरेको हो।

 

सागर पुन म्यान अफ दी सिरिज

आर्मीका अलराउण्डर सागर पुन म्यान अफ दी सिरिज घोषित भए। पुनले नगद १ लाख र ट्रफी हात पारे।

यस्तै आर्मीकै सुशन भारी उत्कृष्ट बलर तथा पश्चिमाञ्चलका शौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान घोषित भए। दुवैले ५०-५० हजार र ट्रफि प्राप्त गरे।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको पिएम कपकमा तीन विभागीय क्लब  र पाँच क्षेत्रिय टोलीसहित ८ टिमले सहभागिता जनाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell