
पोखराः पूर्वयुवराज्ञी हिमानी शाह धार्मिक भ्रमणका शिलशिलामा पोखरा आइपुगेकी छन्।
छोरा हृदयन्द्रको ब्रतबन्ध पछिको कुल देवताको पूजाअर्चना गर्न उनी गोरखा हुँदै पोखरा आएकी हुन्। हिमानीको कुल देवताको दर्शन गोरखाबाट सुरु भएको थियो। हिमानी बिहीबार तनहुँको ब्यास ऋषिपञ्चमी मन्दिरमा पूजाआजा तथा अवलोकन गरेर पोखरा आएकी प्रहरीले जनाएको छ।
निजी सवारीका साथ आएकी पूर्वयुवराज्ञी हिमानीलाई पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्वागत गरेको थियो।
हिमानी शुक्रबार स्याङ्जाको आलमदेवी मन्दिरको दर्शनार्थ जाने र साँझ पोखरा नै फर्कने कार्यक्रम रहेको छ। त्यस्तै, जेठ २७ गते पोखराको तालबाराही मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ।