
ब्रसेल्स: युरोपियन युनियन (ईयू)ले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरेको छ।
उत्तर कोरियाद्वारा विश्व समुदायको आग्रहविरुद्ध एकतर्फी रुपमा क्षेप्यास्त्र तथा आणविक हतियार परीक्षणलाई लिएर केही व्यक्ति र संघ-संस्थाविरुद्ध प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको निर्णयलाई पछ्याउँदै थप १४ उच्च अधिकारी र चार संघ-संस्थालाई प्रतिबन्ध लगाउने जनाएको हो।
यससँगै ईयूले जम्मा ५३ उत्तर कोरियाली उच्च अधिकारी र ४६ संघ-संस्था प्रतिबन्धित सूचीमा परेका छन्।
युरोपेली आयोगले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव नं. २३५६ ले गरेको व्यवस्थाअनुसार प्रतिबन्ध लगाउने निर्णय लिएको हो। रासस/सिन्ह्वा