PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

नेपाली कांग्रेसद्वारा सुनसरीका सबै तहमा उम्मेदवार चयन



रासस

नेपाली कांग्रेसद्वारा सुनसरीका सबै तहमा उम्मेदवार चयन

इनरुवाः नेपाली कांग्रेसले सुनसरीको सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। 

पार्टीले जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवार चयन गरेको हो। पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ। 

धरान उपमहानगरपालिकाको उपप्रमुखमा श्यामा रेग्मीलाई उम्मेदवार बनाइएको छ भने इनरुवा नगापालिकाको प्रमुखमा राजन मेहता र उपप्रमुखमा जमुना पोखरेललाई चयन गरिएको छ। 

दुहवी नगरपालिकामा प्रमुखमा गौरीशङ्कर रौनियार र उपप्रमुखमा कल्पना कार्कीलाई उम्मेदवार बनाइएको छ। रामधुनी नगरपालिकामा प्रमुखमा जयप्रकाश चौधरी र उपप्रमुखमा विजय कटुवाललाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति राजीव कोइरालाले जानकारी दिए। 

बराह नगरपालिकामा प्रमुखमा बाबुराम बिष्टलाई र उपप्रमुखमा पूजा धामीलाई उम्मेदवार बनाइएको छ। गढी गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद यादव र उपाध्यक्षमा रामकुमारी चौधरी, बर्जु गाउँपालिकाको अध्यक्षमा इस्राइल अन्सारी र उपाध्यक्षमा खुसीदेवी चौधरीको नाम टुङ्गो लगाइएको छ। 

देवानगन्ज गाउँपालिकाको अध्यक्षमा लालीप्रसाद मेहता, हरिनगरा गाँउपालिकाको अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगतको नाम टुङ्गो लागाइएको छ।

कोसी गाउँपालिकाको अध्यक्षमा अयुब अन्सारी र उपाध्यक्षमा अनिता यादव तथा भोक्राह गाउँपालिकामा अजमल अख्तर र पुष्पा मेहताको नाम टुङ्गो लगाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell