
काठमाडौंः रारा तालको सौन्दर्य कैद गरिएको फिल्म ‘प्रेमगीत २’ को ‘बिस्तारै बिस्तारै’ बोलको गीत रिलिज गरिएको छ।
रक गायक रोहित जोन क्षेत्रीको स्वर, कम्पोज र शब्द समावेश गीतमा प्रदीप खड्का र अश्लेषा ठकुरी फिचरिङ छन्। यो रोमान्टिक गीतसँगै रारा तालको सौन्दर्य, ल्यान्डस्केप र हिमाली पठार महसुस गर्न सकिन्छ।
उक्त भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्।
साउन १३ गते रिलिज हुने फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्र। सन्तोष सेनले निर्माण गरेको फिल्लमा ओम गुरुङ सहनिर्माता हुन्।
यस गीतले मुगुमा रहेको रारा तालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास निर्माता सेनले लिए। ‘हामी आफ्नै प्रकृति र लोकेसनलाई विश्वमाझ चिनाउन चाहन्छौं’ उनले भने, ‘यस गीतले हाम्रो सामाजिक दायित्वलाई पनि चित्रण गर्छ।’