PahiloPost

Jun 16, 2025 | २ असार २०८२

प्रधानमन्त्री पार्टीकामबाट बाहिर निस्कन उम्मेदवार टुंग्याउने हतारमा



पहिलोपोस्ट

प्रधानमन्त्री पार्टीकामबाट बाहिर निस्कन उम्मेदवार टुंग्याउने हतारमा

काठमाडौंः नेपाली कांग्रेस दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटमा व्यस्त भएको छ।

उम्मेदवार टुंग्याउन बुधबार मात्र सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार र शुक्रबार पार्टी कार्यालयमै व्यस्त भए।

देशको जिम्मेवारी सम्हाल्नका लागि प्रधानमन्त्री पदमा निर्वाचित भएका प्रधानमन्त्री पार्टीका काममा धेरै अल्झनु नहुने भन्दै हतार गरेपछि आजसम्ममा दुईनम्बर प्रदेशबाहेकका जिल्लाको उम्मेदवार छनौट गरिसक्ने कांग्रेसले जनाएको छ।

‘आज साँझसम्म दुई नम्बर प्रदेश बाहेकका जिल्लाका उम्मेदवार छनौट गरिसक्ने तयारी गरेका छौ,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘त्यसका लागि हामीले हिजो दुई चरणमा छलफल गर्यौ आज पुनः छलफल गरेर टुंगोमा पुग्छौ।’

पहाडी जिल्ला मध्ये डडेल्धुरामा पार्टी सभापतिले नै प्रस्ताव गर्ने वा जिल्लाबाट आएको प्रस्ताव टुंग्याउनेगरी छलफल भएको छैन भने दुईजनाको सिफारिसमा दुबै जना उत्तिकै प्रभावशाली भएका ठाउँका केही उम्मेदवार मात्र छनौट बाँकी छ। 

‘दुईनम्बर प्रदेशका पनि अधिकांश जिल्लाको सिफारिस आइसकेको छ, त्यसलाई औपचारिकता दिने र छलफलबाट टुंग्याउन बाँकी छ,’ केसीले भने, ‘त्यो पनि थप एक दिन बसेर टुंग्याउन सक्ने अवस्था छ।’

स्थानीय तहको दोस्रो चरणको चुनाव र प्रदेश तथा संघको निर्वाचन माघ सात भित्रै गर्ने प्रतिवद्धता जाहेर गरेर प्रधानमन्त्री निर्वाचित भएका देउवा पहिले आफ्नो पार्टीभित्रका उम्मेदवार टुंग्याउन लागेका छन्। 

कांग्रेसले निर्वाचन सम्पन्न गर्न र पार्टीलाई जिताउनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गत प्रचारप्रसार उपसमिति, मतदाता शिक्षा उपसमिति, अर्थिक उपसमिति, स्थानीय समन्वय उपसमितिसहितका विभिन्न उपसमितिले काम गरिरहेका छन्।

पहिलोचरणको स्थानीय तह निर्वाचन अघि गठित उपसमितिलाई कांग्रेसले निरन्तरता दिएको छ। कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell