PahiloPost

Jun 16, 2025 | २ असार २०८२

छ महिनापछि सातौँ राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र कीर्तिमानधारीलाई नगद पुरस्कार, बाँकीलाई कहिले?



पहिलोपोस्ट

छ महिनापछि सातौँ राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र कीर्तिमानधारीलाई नगद पुरस्कार, बाँकीलाई कहिले?

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने र कीर्तिमान बनाउने खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ। तर त्यही खेलकुदमा रजत र कास्य जितेका खेलाडीलाई भने नगद दिइएन।

सातौँ खेलकुद सकिएको करिब छ महिनापछि राखेपले बिहिबार विभिन्न ३४ खेलका स्वर्ण विजेता र कीर्तिमानधारी खेलाडीलाई नगदसहित पुरस्कृत गरेको हो। बाँकीलाई पछि छिट्टै नगर पुरस्कार प्रदान गर्ने राखेपले बताएको छ। तर कहिले दिने भन्ने अझै तय छैन।

व्यक्तिगत स्पर्धामा २ सय ६० तथा टिमतर्फ ४ सय २८ स्वर्ण विजेता खेलाडीलाई पूर्व घोषणा गरे बमोजिम पुरस्कत गरिएको हो। जसमा कीर्तिमानधारी खेलाडीको संख्या १० रहेको छ। १० खेलाडीले १६ कीर्तिमान रचेका थिए।

व्यक्तिगत र टिमका स्वर्णधारीले क्रमशः १५ हजार र ७ हजारका दरले नगद पुरस्कार पाए। कीर्तिमानधारी खेलाडीलाई एक कीर्तिमानका लागि २५ हजारका दरले पुरस्कृत गरियो।

स्वर्ण जित्ते र कीर्तिमान बनाउनेलाई गरी जम्मा ७२ लाख ९६ हजार नगद वितरण गरियो। व्यक्तिगततर्फ ३९ लाख, टिमतर्फ २९ लाख ९६ हजार र कीर्तिमानका लागि ४ लाख नगद प्रदान गरिएको हो।

खेलाडीहरुलाई राखेपका सदस्य सचिव केशव कुमार विष्ट लगायत राखेपका पदाधिकारीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा पुरस्कार प्रदान गरेका थिए।

सदस्य–सचिव विष्टले खेलाडीलाई प्रदान गरिएको पुरस्कार पर्याप्त नभएपनि सांकेतिक रुपमा परम्पराको थालनी गर्ने उद्देश्यले खेलाडीलाई पुरस्कृत गरिएको बताउँदै आठौं राष्ट्रिय खेलकुदका स्वर्णलाई २५ हजार, रजतलाई १५ र कास्यलाई १० हजार नगद प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आठौंको कीर्तिमानधारीको पुरस्कार राशी ५० हजार बनाइने घोषणा गर्दै आठौं राष्ट्रिय खेलकुद २०७५ सालको मंसिरमै हुने बताए।

महिला फुटबलमा स्वर्ण जित्ने टिमलाई भने प्रतिस्पर्धा स्थल सुनसरीको दुहबीमा नै नगद पुरस्कार प्रदान गरिएको राखेपले जनाएको छ।

 

शिरिषले पाए सर्वाधिक ३ लाख ५० हजार

पौडी खेलाडी नेपाल आर्मी क्लबका शिरीष गुरुङले सर्वाधिक नगद पुरस्कार पाए। उनले ५ कीर्तिमानका लागि १ लाख २५ हजार र व्यक्तिगत १५ स्वर्ण जितेवापत छुट्टै २ लाख २५ हजार गरी कूल ३ लाचख ५० हजार पाए।

एथलेटिक्सकी चन्द्रकला लाम्गाडेले २ कीर्तिमानका लागि ५० हजार नगद पुरस्कार पाइन् भने २ स्वर्णका लागि ३० हजार रुपैयाँ हात पारिन्। अन्य कीर्तिमानधारीहरु भारोत्तोलनका कमलबहादुर अधिकारी, दिनेश श्रेष्ठ, पुकार गुरुङ, देवी चौधरी, कमला श्रेष्ठ र तारादेवी पुन तथा आर्चरीकी ज्ञानु अवालेले एक कीर्तिमानका लागि जनही २५ हजार नगद पुरस्कार थापे। उनीहरुले स्वर्णका लागि बेग्लै १५ हजार रुपैयाँ पनि प्राप्त गरे।

व्यक्तिगत स्पर्धामा एक भन्दा बढी पदक जित्नेमा एथलेटिक्सका यामसाजन सुनार, सोमबहादुर कुमाल, गोपीचन्द्र पार्की, डिल्ली खत्री, कान्छीमाया कोजु, कृष्णा चौधरी र सरस्वती भट्टराईले २ स्वर्णका लागि समान ३०/३० हजार पाए।

एथलेटिक्सकै केशरी चौधरीले ३ स्वर्णका लागि ४५ हजार, जिमन्याष्टिकका राजु राई र पौडीकी सोफिया शाहले ५ स्वर्णका लागि समान ७५/७५ हजार तथा पौडीकै ओशिना भारती र सोनिरा विष्टले ३ स्वर्णका लागि समान ४५/४५ हजार नगद प्राप्त गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell