PahiloPost

Jun 16, 2025 | २ असार २०८२

च्याम्पियन्स ट्रफी : श्रीलंकाले भारतलाई हरायो, समूह बी को समिकरण रोमाञ्चक



पहिलोपोस्ट

च्याम्पियन्स ट्रफी : श्रीलंकाले भारतलाई हरायो, समूह बी को समिकरण रोमाञ्चक

शिखर धवनको शतकलाई छायाँमा पार्दै श्रीलंकाले च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको छ। श्रीलंकाले कीर्तिमानी लक्ष्य पछ्याउँदै जित हात पार्ने क्रममा भारतले दिएको ३२१ रनको लक्ष्य ८ बल बाँकी छदै पूरा गरेको हो।

श्रीलंकाको जितपछि समूह बी बाट सेमिफाइनल पुग्नको लागि समिकरण रोमाञ्चक बनेको छ। चार वटै टिमले २ खेल खेल्दा १ मा जित र १ मा हार बेहोरेको छन्।

रनरेटको आधारमा भारत पहिलो तथा दक्षिण अफ्रिका दोस्रो स्थानमा छ। अब समूहको बाँकी दुई खेलमा भारत र दक्षिण अफ्रिका तथा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलमा विजयी हुने टिम सेमिफाइनल पुग्नेछन्।

भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो। यता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग हारेपद्दि भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै शानदार जित हासिल गरेको हो।

लण्डनस्थित ओभलमा श्रीलंकाले टस जित्दै भारतलाई पहिलो फिल्डिङको निम्तो दिएको थियो। ओपनर शिखर धवनले १२५ रन बनाएपछि भारतले पूरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३२१ रन बनायो। १२८ बल खेलेकमा धवनले १५ चौका र १ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर रोहित शर्माले ७८ तथा महेन्द्र सिह धोनीले ६३ रनको योगदान गरे। कप्तान विराट कोहली शुन्यमै आउट भएका थिए। बलिङमा श्रीलंकाका लाथिस मालिगाले २ विकेट झारे।

३२२ रनको उच्च लक्ष्य पछ्याउने क्रममा श्रीलकाले पाँचौ ओभरमै ओपनर डिकवेलालाई ७ रनमा गुमाएको थियो। तर त्यसपछिका ब्याट्सम्यानले गतिलो प्रदर्शन गरेपछि श्रीलंका लक्ष्य पछ्याउन सफल भयो।

श्रीलकाको जितमा तीन खेलाडीले अर्धशतकिय पारी खेले। कुशल मेण्डिसले सर्वाधिक ८९ तथा धनुस्का गुनतिलकाले ७६ रन बनाए। ९३ बल खेलेका मेण्डिसले ११ चौका र १ छक्का प्रहार गरे। यस्तै गुनतिलकाले ७२ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे।

यस्तै कप्तान एन्जेलो म्याथ्युजले ४५ बलमा ६ चौका प्रहार गर्दै नटआउट ५२ रन बनाए। कुशल परेरा ४७ रनमा रिटायर्ड आउट भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell