PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

उम्मेदवार छनोटको विषयलाई लिएर इटहरी कांग्रेसमा विवाद



रासस

उम्मेदवार छनोटको विषयलाई लिएर इटहरी कांग्रेसमा विवाद

इटहरीः इटहरी उपमहानगरपालिकाको प्रमुखको उम्मेदवारका विषयलाई लिएर नेपाली कांग्रेसभित्र विवाद बढेको छ। 

नेपाली कांग्रेसको सक्रिय राजनीतिबाट अलग रहेका युवा नेता रोहित प्रसार्इंलाई पार्टीले प्रमुखको  उम्मेदवार बनाएको विरोधमा आक्रोशित कांग्रेस नेता कार्यकर्ताले आज बिहानै इटहरीस्थित पार्टीको नगर कार्यालयमा तालाबन्दी गरेका छन्। 

प्रसार्इंलाई इटहरी उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार बनाउने कांग्रेसका केन्द्रीय नेताले गरेको निर्णय चित्त बुझ्दो नभएकाले निर्णय तत्काल सच्याउन उनीहरुले दबाबस्वरुप पार्टीको नगर कार्यालयमा तालावन्दी गरेका हुन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell