PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

कतारद्वारा आफूमाथि लगाइएको आरोपको खण्डन



रासस

कतारद्वारा आफूमाथि लगाइएको आरोपको खण्डन
फोटो श्रोतःbbc.com

दोहाः कतारले आतङ्ककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको खण्डन गरेको छ। 

कतारले विज्ञप्तीमार्फत आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै त्यसलाई आधारहीन भनेको छ।

उसले आरोपलाई कतारमाथि गरिएको उपेक्षाको संज्ञा दिएको छ। 

कतारले इस्लामिक हतियारधारी समूहलाई आश्रय र प्रश्रय दिएको भन्दै साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन्।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell